धादिङ – धादिङमा सरूवा भई आउनु भएका प्रहरी उपरीक्षक गाैतम कुमार के.सीलाई आज नेपाल मानव अधिकार संगठन धादिङका सभापति कृष्णराज अधिकारीले कार्यकक्षमा गई स्वागत गर्नुभयाे ।

जिल्लाका प्रहरी प्रमुख (SP) गाैतम मिश्र महानगरीय प्रहरी वृत र्वाैद्वमा सरूवा हुनुभएपछि उहाँकाे ठाउमा (SP) गाैतम कुमार के सी आउनु भएकाे हाे । संयाेगले नाम एउटै थर मात्रै फरक के सी यसअधि राजधानी काठमाडौंकाे विभिन्न वृतहरूकाे कमान्ड सम्हाल्दै आउनु भएकाे थियाे ।

के सीकाे स्वागतका लागि पुगेका मानव अधिकार संगठनका टाेलीसंग कुरा गर्दै के सीले आगामी दिनमा मानव अधिकार रक्षामा संगठनसंगै मिलेर जाने बताउनु भयाे । धादिङमा आउनु भएकाे प्रहरी प्रमुख के सीकाे स्वागतमा संगठनका सचिव ईश्वर थापा मगर , काेषाध्यक्ष कृष्णबहादुर पाैडेल (वद्री) लगायत नागरीक समाजका व्यक्तिहरूकाे समेत सहभागिता रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0