धादिङ :- भैरवी साकोस धादिङको तीन दिने भ्रमण सम्पन्न भएको छ । भैरवी साकोसको आयोजनामा २०८० फागुन २५-२७ गतेसम्म खोटाङको हलेसी महादेव, जनकपुरको रामजानकी मन्दिर, सर्लाहिको भरत ताल र मकवानपुरको शहिद स्मारक अवलोकन भ्रमण गरेको हो। संस्थाका अध्यक्ष गणेश कुमार श्रेष्ठको नेतृत्वमा पदाधिकारी, संचालक सदस्य, शेयर सदस्य तथा कर्मचारी सहित ११९ जना सहभागि रहेको थियो । शेयर सदस्यहरुलाई धार्मिक स्थल भ्रमण गराउने वार्षिक लक्ष्यित कार्यक्रम अनुसार भ्रमण गर्न ईच्छुक सदस्यहरुको लागत साझेदारीमा भ्रमण आयोजना गरिएको संस्थाका महासचिव राजकुमार श्रेष्ठले वताउनु भयो ।

धादिङवेसी आसपासका मानिसहरुको आर्थिक तथा सामाजिक विकासमा सघाउन वित्तिय कारोबार गर्ने संस्था स्थापना गर्ने लक्ष्य अनुरुप २०५७ सालमा गठन भएको साकोसको हालसम्म २५२६ जना शेयर सदस्य रहेको छ भने ३ करोड ७ लाख १० हजार चार सय रुपियाँ शेयर पूँजी संकलन गरी धादिङ जिल्लाको सदरमुकाम धादिङ वेसी विचबजार मुल सडकमा संस्थाको आफ्नै भवन भैरवी सदनबाट सेवा प्रदान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0