कुवेतमा बाटाे काट्ने क्रममा कारको ठक्करबाट तीनजना नेपालीको मृत्यु भएको छ। गत मंगलबार कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा तीव्र गतिमा आएको कारले ठक्कर दिँदा तीनजना नेपालीको दुर्घटनास्थलमै निधन भएको हो ।

दुर्घटनामा लयती पञ्चदेवल विनायक–५, अछामका सुरतबहादुर कठायत, नागार्जुन–२, काठमाडौँका सुजन कार्की र वेंगाडावर–३, धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो । तीनै जना कुवेतको पापाजोन कम्पनीमा काम गर्थे ।

कुवेतस्थित नेपाली दूतावासले मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0