धादिङ :- लायन्स क्लव अफ काठमान्डाै जुपिटर र लायन्स क्लव अफ  धादिङ भैरवी र शितल छहारी नेपालले आज एक कार्यक्रमको आयोजना गरि  स्वाबलम्बी बहिरा आधारभुत विद्यालयलाई स्टेशनरी तथा वासिङ मेसिन हस्तान्तरण गरेको छ ।

लायन्स क्लव अफ धादिङ भैरवीका सदस्यहरूले झण्डै एकलाख एकहजारको वासिङ मेसिन र एघार हजार  ९ सय ५० को  स्टेशनरी र खेलकुदका सामाग्री लगायत हस्तान्तरण गरिएको हाे ।

सहयोग सामाग्री हस्तान्तारण कार्यक्रममा बागमती प्रदेशका सांसद  गोविन्द लम्साल, वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, शितल छहारी नेपालका अध्यक्ष तथा लायन्स क्लव अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बहादुर पौडेल (बद्रि) लगाएत क्लबमा आवद्ध सदस्यहरुको उपस्थिति रहेको थियो ।

हस्तान्तरण समारोहमा बिद्यालयलाई अत्यावश्यकीय सामाग्री हस्तान्तरणले आफु ज्यादै खुसी भएको बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष रमेश दाहाल तथा बिद्यालयका प्र.अ. राम प्रसाद अधिकारीले बताउनु भयो । सहयोग सामाग्रीले बिद्यार्थी र बिद्यालय दुवैलाई राहत पुगेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा उहाँहरुको धारणा थियो ।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका सांसद गोविन्द लम्सालले सहयोगी संस्थाहरुलाई धन्यावाद प्रकट गर्दै धादिङ जिल्लाको बिकासका निम्ती आफु अहोरात्र खटिरहेको बताउनु भयो । उहाँले आफुले गर्नुपर्ने बिकासमा र कामकारबाहिमा अग्रिम जानकारी गराईदिन समेत धादिङबासीलाई आह्वान गर्नु भएको छ ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले सहयोगीदाताहरुलाई धन्यावाद प्रकट गर्दै आफु पनि वडाको समग्र बिकासमा लागी रहेको बताउनु भयो । उहाँले आगामी दिनमा वडाको स्वास्थ्य,खानेपानी, शिक्षा र बिकास निर्माणमा फड्को मार्ने गरि कार्य सम्पादन गरिरहेको बताउनुु भयो ।

कार्यक्रममा शितल छहारी नेपालका अध्यक्ष तथा लायन्स क्लव अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बहादुर पौडेलले आफुले बिगतमा पनि बिभिन्न माध्यामबाट बिद्यालयमा आवश्यक पर्ने सामाग्री सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग सामाग्री हस्तान्तरण कार्यलाई निरन्तरता दिने बताउनु भयो । उहाँले लायन्स क्लव अफ धादिङ भैरवीले धादिङ जिल्लामा सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने समेत बताउनु भयो ।

निलकण्ठ नगरपालिका वडा नं ८ मा रहेकाे स्वावलम्वि आधारभुत बहिरा विद्यालयलाई शितल छहारी नेपाल र लायन्स क्लब अफ काठमाण्डौ जुपिटरले यस अधि पनि पटक पटक विद्याथीहरूलाई झाेला , न्यानाे कपडा , स्टेशनरी सामाग्री , पानी तताउने हिटर लगायतकाे सामाग्री समेत सहयोग गरिसकेकाे लायन्स क्लव अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बहादुर पाैडेल (बद्री) त्रिकाेण खवरलाई वताउनु भयाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0