हिन्दु परम्परा अनुसार आज बैशाख कृष्ण औसी अर्थात मातातीर्थ औसी हो । आजको दिन आफुलाई जन्म दिने आमा प्रति सम्मान गदै आमालाई मिठा मिठा परिकार खुवाउने राम्रा कपडा दिएर खुसी पार्ने गरिन्छ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।
आजकै दिन आमा नहुने छोराछोरीले काठमान्डौको माता तीर्थमा गई स्नान गरी पुजा अर्चना गर्ने र दान दिने चलन छ ।






