धादिङ । गङ्गाजमुना गाउपालिकाकाे वडा नं २ तावलमा एकीकृत घुम्ती शिविर सम्पन्न भएकाे छ । यहि बैशाख २९ गते सम्पन्न शिविरमा २३० जना स्थानिय बासिन्दाकाे स्वास्थ्य परिक्षण गरिनुका साथै कृषि तर्फ माटाे परिक्षण र अन्य कृषि परामर्श सेवा प्रदान गरेकाे गङ्गाजमुना गाउपालिका स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारीले त्रिकाेण खवरलाई बताउनु भयाे ।

त्यस्तै गरि शिविरमा पशु सेवा तर्फ गाेबर परिक्षण, बाेका बन्ध्याकरण पशु चेकजाँच तथा पशु पन्छिकाे औषधी समेत वितरण गरेकाे छ ।

शिविरमा नयाँ व्यावसाय दर्ता , व्यावसाय नविकरण,व्यक्ति गत घटना दर्ता, अपाङ्ग परिचय पत्र वितरण लगायतकाे सेवा प्रदान गरिएकाे गंङ्गाजमुना गाउपालिकाले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0