काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बिहीबारदेखि लागू हुने गरि समायाेजन गरेकाे छ ।
निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँले घटेकाे नेपाल आयल निगमले जनाएकाे छ ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६.७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५.०९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ।
नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल १७१ र डिजेल १५४ पर्ने छ ।






