काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
बिहीबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






