धादिंङ । गजुरी गाउँपालिका–१ गजुरीबजारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका–६ का अन्दाजी १८ बर्षिय शनि घले रहेको जिल्ला ट्रफिक प्रहरी कार्यालय गजुरीका सहायक प्रहरी हवल्दार दिपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

आज दिउँसो काठमाडौंबाट चितवनतर्फ जादैँ गरेको ना ६ ख २९२० नम्बरको ट्रकले सडक क्रस गर्दै गरेको प्रदेश ३–०२००६ प २५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक घलेको घटनास्थलमै मृत्यु भएको बस्नेतले बताउनुभयो ।

ठक्करबाट मोटरसाइकलमा पछाडी सवार गजुरी–१ नयाँबजारका अन्दाजी १५ बर्षका सुबिन बराईली घाईते भएका छन्। उनलाई उपचारको लागि काठमाडौँ पठाइएको र ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0