धादिङ । अपाङ्गता भएका व्यक्तिहरूकाे लागि २ दिने लाेकल कुखुरा पालन तालिम सुरू भएकाे छ ।
अपाङ्गता भएका व्यक्तिको आयआर्जनमा टेवा पुगाेस् भन्ने हेतुले समुदायमा आधारित पुनःस्थापना (CBR) कार्यक्रम सञ्चालन गरेकाे अपाङ्गता पुनस्र्थापना समाज धादिङका सल्लाहकार अस्विन लम्सालले वताउनु भयाे ।
अपाङ्गता पुनस्र्थापना समाज धादिङकाे आयाेजना र निलकण्ठ नगरपालिकाकाे आर्थिक सहयाेगमा सञ्चालित तालिममा ५४ जना अपांग र अपांगता भएका व्यक्तिहरूकाे संरक्षक ( अभिभावक) हरूकाे सहभागिता रहेकाे छ ।
धादिङबेशीकाे हाेटल जीवन जिविकामा शुक्रबार देखि सुरू गरिएकाे तालिम २ दिनसम्म चल्ने छ । तालिममा सहभागी सबै अपाङ्गात भएकाहरूलाई लाेकल कुखुराकाे चल्ला समेत वितरण गरिने लम्सालले वताउनु भयाे ।






