धादिङ । धादिङकाे थाक्रे गाउँपालिका स्थित आठकिलामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा बाट काठमाण्डौतर्फ आउँदै गरेको ग १ ख ९८६८ नम्वरको यात्रु बसले ठक्कर दिँदा धरान उपमहानगर १७ का अन्दाजी २२÷२३ वर्षका सुदेश सुनुवारको मृत्यु भएको हो ।

सितापाईला केवल नेटवर्क अन्तर्गत सुपर नेटमा कार्यरत सुनुवार काम सकेर सडक छेउमा रहेकै बेला ठक्कर दिएर करिब २५/३० मिटर लतारेपछि मृत्यु भएको सोही कम्पनीमा कार्यरत नविन थापाले जानकारी दिनुभयो । ठक्करपछि सुनुवारलाई धार्के स्थित ओम साईबाबा सामुदायिक अस्पतालमा ल्याएपछि डाक्टरले मृत घोषित गरेको हो । दुर्घटनापछि स्थानियले केहि समय राजमार्ग अवरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0