गुल्मी : गुल्मीमा वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। दुईजना बेपत्ता भएका छन् ।

गुल्मीकाे मालिका गाउँपालिका–६ अर्जेमा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो। विककाे घर पहिराेले पुरिदा ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन्।

हाम्रा संवाददाताका अनुसार पहिरोमा पुरिएकामध्ये भेषबहादुर, सीता र सपनाको  शव फेला परेको छ। सुन्तली र विपनाको अवस्था भने अज्ञात छ। इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0