धादिङ – धादिङको नीलकण्ठ नगरपालिका-३ धादिङबेशी बीचबजारमा पार्किङ गरिराखेको कारभित्र शंकास्पद वस्तु फेला परेको छ ।
बीचबजारमा रहेको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको बा १६ च ९१७२ नं को गाडीमा अज्ञात व्यक्तिले राखेको उक्त सामान फेला परेको हो ।
आज दिउँसो करिब ३ बजेतिर अन्जान व्यक्तिले चाबी लगाएको सुटकेश कारभित्र राखेर गएको प्रत्यक्षदर्शी हरी श्रेष्ठले जानकारी दिनुभयो।
सिसिटिभि फुटेजका अनुसार धेरैबेर कार वरपर ओहोरदोहोर गरेर सुटकेश कारमा हालेको देखिएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी एवं डिएसपी मकेन्द्र कुमार मिश्रले बताउनुभयो।
उहाका अनुसार डिस्पोजल टोली घटनास्थलमा पुगेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ ।
स्राेत : बागमति कलम






