काठमाडौ , महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ यथाशीघ्र संशोधन गरी समय अनुकुल काे बनाइने बताएका हुन ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८औं राष्ट्रिय दिवसका अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री साहले प्रक्रिया पूरा गरेर ऐन संशोधन गरिने कुरा जनएका छन् ।
मन्त्री साहले जतिसक्दो चांडाे ऐन संशोधन गर्न का लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।साथै उनले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनका लागि एक हप्ताभित्र मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको बताएका छन् ।






