धादिङ ,आज हिन्दु नेपाली नारीहरूले अ।रध्यदेव महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् ।
खास गरी नारीहरूलेअटल सौभाग्य गुण सम्पन्न वर पाउन र परीवारकाे कल्याण का लागि निराहार व्रत बसि दिनभर शिवालय मन्दिर या गाउँ टाेलमा साथीसंगिनीहरू भेला भै तिजकाे भाकामा नाचगान गरी रमाउने गर्दछन् ।
निराहार, जलाहार र फलाहार गरी तीन किसिम का व्रत मध्ये सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ भन्ने मान्यता छ ।
बिहीबार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश काे पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित  सप्तऋषिको पूजा गरी तीज   समापन हुन्छ ।
यसै बिच अ।ज धादिङ काे नाैविसे स्थित नृवेश्वर मन्दिर , गल्छीकाे महेश दाेभानकाे अमलेश्वर , गजुरी , मलेखु, चराैदी , धादिङ वेशी लगायत विभिन्न स्थानहरूमा राताे साडीमा सज्जिएका महिलाहरूकाे बाक्लो उपस्थितिमा मन्दिरहरूमा  पूजा गर्दै साथीसँग खुसि साटासाट गरी सम्पन्न गरेका छन् । चराैदी बजारमा तिज गित संबन्धि सांस्कृतिक कार्यक्रम गरीएकाे छ भने धादिङ वेशीमा लाखे नाच गर्दै बाजागाजाका साथ बजार परिक्रमा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0