धादिङ । वि पिकाे बिचारलाई अङ्गाल्न सके मात्रै सत्मार्ग पहिल्याउन सकिने नेपाली काँग्रेस धादिङका सभापति कृषि तथा पशुपन्छी बिकास मन्त्री रामनाथ अधिकारीले वताउनु भएकाे छ ।
जननायक बीपी कोइरालाको १११औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङले नीलकण्ठ नगरपालिका वडा नं. ८, धादिङ अवस्थित स्वाबलम्बी बहिरा आधारभूत विद्यालयका बालबालिकालाई खाद्यान्न तथा स्कुल झोला वितरण कार्यक्रमलाई सम्वाेधन गदै बीपीकाे सिद्वान्तवाट तय भएकाे बिचारले आज तिनै तहकाे सरकार चलेकाे छ उहाँकै बिचारले हामीहरू यहाँ आईपुगेका छाै मन्त्री अधिकारीले भन्नुभयाे ।
नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइराला (विपी) को १११ औँ जन्मजयन्तीको अवसरमा सोमबार विद्यालय पुगेर नेपाली काँग्रेसले चामल, खाने तेला लगायत खाद्य सामाग्री र ४३ जना विद्यार्थीहरूलाई झोला वितरण गरिएको हो ।
कार्यक्रममा गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा,खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामा,त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती र ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनैले स्वाबलम्बन बहिरा आधारभुत विद्यालयलाई ५०÷५० हजार रकम उपलब्ध गराउने घोषणा गर्नुभयो ।
बीपी जयन्तीको अवसरमा आयाेजित खाध्यान्न तथा बिद्यालय झाेला वितरण कार्यक्रममा वागमती प्रदेश साँसद तथा नेपाली काँग्रेसका प्रमुख सचेतक गाेविन्द लम्साल, महासमिति सदस्य गाेपाल विश्वकर्मा लगायत नेपाली काँग्रेस धादिङका पदाधिकारी सदस्यहरू, गाउपालिकाका अध्यक्षहरू, पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।






