पोखरा । लाईन्स ईन्टरनेस्नल District 325  I  को क्याबिनेट बैठक मिति २०८१ भाद्र २८ र २९ गते पोखरामा सम्पन  भएको छ । दुई  दिन चलेको बैठकमा आज  औपचारिक रुपमा उद्घाटन गरि सम्पन गरियो ।

          कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश प्रमुख  मा. डिल्लीराज भट्टले गर्नु भयो  भने सभापति  District Governor  लायन बिनोद ढुङ्गानाले गर्नु भयो , बिशेष अतिथि  LCIF  Area Leader   लायन राजन लम्साल ,  IPDG  लायन चन्द्र कुमार के सी , पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य को बिशेष आतिथ्यता रहेको कार्यक्रममा District का प्राय: सबै , जोनका र क्लबका पदाधिकारी र सदस्य गरि १०५० जना सहभागी भएको थियो ।

                        ”Humanity  First ” मानबता पहिलो प्राथमिकता  भन्ने नाराका साथ आगामी दिनमा समाज सेवाका कार्यहरु लाई अगाडी बढाउने बताउनु भयो  District  Governor  लायन बिनोद ढुङानाले , प्रदेश प्रमुख मा. दिल्लीराज भट्ट र पोखरा महानगर  पालिकाका मेयर धनराज आचार्यले शुभकामना दिदै कम अवसर पाएकाहरुको सेवा गर्नु पनि लाईन्सको उध्येश्य भएको बतानु भयो ।

        District 325 I बिश्वभरमा एक नम्बर उत्कृष्ट   District  हो , यसको २०० भन्दा बढी क्लब रहेको छ भने ५०००  भन्दा बढी सदस्य रहेको छ , साढे दुई महिनमा ४८ हजार  डलर भन्दा माथी सहयोग जम्मा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0