धादिङबेसी । भाद्र २९ र ३० गते दुई दिन धादिङ बेसीमा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले सुचाङ्कको आधारमा जनस्वास्थ्य सेवा कार्यक्रमको पालिका स्तरिय मूल्याङ्कन गर्ने क्रममा गत आ. व . २०८०/०८१ को मा नीलकण्ठ प्रथम , बेनिघाट रोराङ दोस्रो र गजुरी तृतीय भएको छ ।
मुख्य गरी खोप कार्यक्रम , सुरक्षित मातृत्व , पोषण कार्यक्रमलाई आधार मानेर अङ्क निर्धारण गरिएको हुन्छ ।यसरी गर्दा अङ्क भारको आधारमा प्रथम , द्दितिय र तृतीय घोषणा गरेको हो । कार्यक्रमको प्रमुख अतिथि समन्वय उपप्रमुख कुलमान बि क , बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डे रहनु भएको थियो ।
तीन वटा स्थानिय तहलाई सम्मान पत्र प्रदान गरिएको छ ।सबै भन्दा कम अङ सिद्दालेख र नेत्रावती डवजोङ गा पा ले पाएका छन । संघियता भन्दा पहिला ईलाका वाईज र स्वास्थ्य चौकी स्तरमा मूल्याङ्कन गरिन्थ्यो भने अहिले पालिका स्तरमा गर्ने गरिन्छ । संघियता भन्दा अगाडि ५२ वटा स्वास्थ्य संथा थियो भने हाल वडा स्तरमा गरेर झण्डै १०४ भन्दा बढी स्वास्थ्य संथा रहेको छ , कार्यक्रम बरिष्ठ जनस्वास्थ्य अधिकृत बिभु कुमार झा को अध्यक्षता मा सम्पन्न भएको हो ।






