धादिङ । नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङले संघकाे संस्थापक अध्यक्ष हेम वहादुर पुनकाे २० अौ स्मृति सभा सम्पन्न गरेकाे छ । नेपाल मगर संघ केन्द्रीय समिति काे निदेशन अनुसार आज पुनमगरकाे स्मृति सभा गरेकाे हाे ।
मगर संघ स्थापनामा हेम वहादुर पुनले आफ्नाे अमुल्य समय व्यतित गरेकाे र उहाँले देखाएकाे वाटाेमा हिड्न सके मात्रै उहाँ प्रति सच्चा सम्मान हुने कुरा स्मृति सभालाई सम्वाेधन गर्दै नेपाल मगर संघ वागमति प्रदेशका द्वितीय सचिव ईश्वर पल्लि मगरले वताउनु भयाे ।
कार्यक्रम नेपाल मगर संघ धादिङकाे अध्यक्ष कुलवहादुर थापा मगरकाे सभापतित्व र वागमति प्रदेशका द्वितीय सचिव ईश्वर पल्लि मगरकाे प्रमुख आतिथी, नेपाल मगर संघ वागमती प्रदेश सदस्य अमृता रेशमी मगर, लाङघाली बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष राम व आले मगर , संघकाे पुर्व वरिष्ठ उपाध्यक्ष भाेज वहादुर थापा मगर लगायतकाे आतिथ्यता रहेकाे नेपाल मगर संघ धादिङका काेषाध्यक्ष निरमाया मास्कि मगरले जानकारी दिनुभयाे ।






