धादिङ । कालुपाण्डे राजमार्ग अन्तरगत धादिङबेसी मलेखु सडक अवरूद्व भएकाे छ । हिजाे देखि अविरल पानी परेकाे कारण धादिङवेसि नजिकै साँघुटार र ससाह ज्यामिरे वन क्षेत्रमा पहिराे गएकाे कारण सडक अवरूद्व भएकाे हाे ।
रामकाेट जाने वाटाे माथिवाट भासिएर झरेकाे छ अहिले वाटाे खुलाउने प्रयास भईरहे पनि अविरल वर्षाकाे कारण समस्य भएकाे हाम्रा संवाददाता कृष्ण वद्रि पाैडेलले जानकारी दिनुभयाे ।
धादिङवेसी मलेखु सडक खण्डकाे २ ठाउमा पहिराे गएकाे कारण सडक अवरूद्व छ । पहिराे पन्छाउने काम सुरू गरीएकाे जिल्ला प्रहरी कार्यलय धादिङले जनाएकाे छ ।
अविरल बर्षाकाे कारण ठाँउठाँउमा पहिराे गएकाे र सडक अवरूद्व भएकाेले यात्रामा निस्कदा सचेत रहन अनुराेध गर्दछाै ।






