धादिङ , शनिबार सिपी कलेज धादिङ वेशीमा भैरवी सहकारीकाे २३ अै। बार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष गणेश कुमार श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रम काेे प्रमुख अतिथि जिल्ला बचत संघका अध्यक्ष नवराज शर्मा रहनु भएकाे थियोे ।
बार्षिक साधारण सभामा संचालक समितिमा रहेर उत्कृष्ट भूमिका खेल्न हुने संचालक समितिका सदस्य कृष्णराज अधिकारी र भगवती पाेखरेल , निवर्तमान संचालक समिति अध्यक्ष ईश्वर कुमार श्रेष्ठ र सदस्य बिष्णु कुमार श्रेष्ठलाई सम्मान गरीएकाे थियो
जिल्ला स्थित बिभिन्न सहकारी का अध्यक्ष तथा प्रतिनिधिहरूकाे उपस्थित रहेकाे कार्यक्रम मा अध्यक्ष गणेश कुमार श्रेष्ठ , उपाध्यक्ष शान्त बिक्रम बानिया, महासचिव राजकुमार श्रेष्ठ , काेषाध्यक्ष बिष्णुलाल श्रेष्ठ लगायतकाले मन्तब्य राख्नु भएकाे थियोे ।
हर्ट फाउन्डेसन धादिङ काे तर्फबाट सेयर सदस्यहरूकाे स्वास्थ्य परिक्षण , बाल प्रतिभा सम्मान , असल काराेबारीलाई सेयर पुरस्कार बितरण, स्वास्थ्य उपचार काेष प्राप्त गर्नेहरूकाे बिबरण समेत उल्लेख गरीएकाे कार्यक्रम मा अघिल्लो अ।बमा कुल अ।म्दानी रू २,८३,२७,५४०/-र खर्च रू २,३५,३२,४९४/- भै खुद नाफा रू ४१,५८,८६८/ रहेकाे जानकारी का साथ यस अ।.ब. २०८१/०८२ काे नीति तथा कार्यक्रम सर्बसम्मतिले पारीत भएकाे घाेषणा गरीयाे । भैरवी बचत तथा ऋण सहकारी संस्था लि. जिल्ला कै उत्कृष्ट सहकारीहरू मध्ये रहेकाे छ ।
भैरवी सहकारीकाे २३ अै। बार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
+1






