धादिङ । लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाकाे १७ अाै बार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।
अधिकांस मगरहरू मात्रै शेयर सदस्य रहेकाे लाङ्घाली सहकारीकाे शनिवार धादिङवेसीमा सम्पन्न साधारण सभाले संस्थाकाे आ व २०८०/८१काे लेखा परिक्षण प्रतिवेदन लगायत विभिन्न विषयगत समितिहरूकाे वार्षिक कार्यक्रमकाे प्रतिवेदन पारित गरिएकाे छ ।
लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्था २०६४ साल असाेज १ गतेका दिन ३१ जना सदस्यहरू मिलेर डिभिजन सहकारी कार्यालयमा दर्ता भई विधिवत रूपमा सञ्चालन हुँदै आएकाे सहकारीका अध्यक्ष राम बहादुर आले मगरले जानकारी दिनुभयाे ।
संस्था स्थापना गर्दा ३१ जना भए पनि हाल आएर ७८२ जना शेयर सदस्य रहेकाे , ३०४ जना बालवचतकर्ता र ३५ जना दैनिक बचतमा रहेकाे आले मगरले वताउनु भयाे ।लाङ्घाली सहकारी संस्थाकाे जम्मा पुजि रू २०१३०१२३.७२ रहेकाे छ ।
साधारण सभामा जिल्ला सहकारी संस्थाका अध्यक्ष रामचन्द्र आचार्य काे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा असल ऋणि डा रचना गिदेल मगर र अम्विका थापा मगर असल बचत कर्ता सुमित्रा राना मगर र दिप वहादुर पुलामी मगर , उत्कृष्ठ शेयर सदस्य चमेलि राना मगरलाई सम्मान गरेकाे थियाे ।





