Screenshot

काठमाडौं । लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनले नेपालका बाढी पीडितका लागि आफ्नो आकस्मिक कोषबाट ७५ हजार डलर रकम प्रदान गरेको छ ।

अविरल वर्षापछिको बाढी पहिरोबाट पीडितका लागि भन्दै मल्टिपल डिष्ट्रिक्ट ३२५ का ७ वटा डिष्ट्रिक्टले सहयोगको अपिल गरेका थिए । त्यसमध्ये डिष्ट्रिक्ट जि, एच, आई, जे र एस को प्रस्ताव स्वीकृत भएको लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनका एरिया लिडर लायन राजन लम्सालले जानकारी दिए ।

प्रति डिष्ट्रिक्ट १५ हजार डलर रकम स्वीकृत भएको छ । डिष्ट्रिक्ट सि र आर ले पठाएको प्रस्ताव भने स्वीकृत हुन बाँकी छ । आफूले पठाएको प्रस्ताव अनुसारका काठमाडौं, काभ्रेपलान्चोक र सिन्धुपाल्चोक लगायतका स्थानमा पारदर्शी ढंगले पीडित परिवारलाई राहत वितरण गर्न सम्बन्धित डिष्ट्रिक्टका गभर्नर र लायन्स लिडरहरुलाई लम्सालले आग्रह गरेका छन् ।

साथै डिस्ष्ट्रिक  ३२५ आईको ५० वटा क्लब बाट फूड बैङ्क अन्तरगत रकम जम्मा भै रहेको फूड बैङ्क चिफ  डिस्ट्रिक ३२५ आई का लायन जनार्दन फुयालले जनाउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0