धादिङ । नेपालकाे प्रथम सहिद लखन थापा मगर पार्कमा सालककाे मुर्ति स्थापना रिएकाे छ । डिभिजन वन कार्यालय धादिङको सहयोगमा लोपोन्मुख वन्यजन्तु तामे सालकको एक जोर मुर्ति पार्कमा स्थापना गरिएकाे हाे ।
सालक जस्तो दुर्लभ जनावरको संरक्षणको सन्देश दिने उद्देश्यले सालकको मूर्ति स्थापना गरिएकोे डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना लगायतले सालककाे संरक्षण गर्न सघाउन तयार छौं र यसलाई सफल बनाउन सबैले मिलेर काम गर्नुपर्छ” । भन्नुभयाे ।
जिल्ला समन्वय समितिकाे कार्यालय अगाडि रहेकाे लखन पार्कमा एक जाेडि सलककाे मुर्ति स्थापना गर्नाले लखन थापा मगर पार्ककाे समेत शाेभा बढेकाे नेपाल मगर संघ धादिङका अध्यक्ष कुल बहादुर थापा मगरले बताउनु भयाे ।
लोपोन्मुख वन्यजन्तु तामे सालकको मुर्ति लखन थापा पार्कमा राखिएकोले यसकाे संरक्षणमा अझै आम जनताकाे चासाे रहने छ ।






