धादिङ । “सामुदायिक सुरक्षा, हाम्राे सराेकार” बिषयक अन्तक्रिर्या सम्पन्न आज धादिङवेसीमा सम्पन्न भएकाे छ

गैरसरकारी संस्था महासंघ धादिङकाे आयाेजनामा साेमवार सम्पन्न कार्यक्रममा धादिङकाे शान्ति सुरक्षा राजमार्गमा हुने आवागमनकाे सहजता, चाडपर्व लक्षित वजार अनुगमन लगायतकाे विषयमा छलफल भएकाे गैरसरकारी संस्था महासंघ धादिङका अध्यक्ष  शालिकराम दुवडिले जानकारी दिनुभयाे ।

गैसस महासंघ धादिङकाे आयाेजना तथा फाेकस नेपाल र नागरिक  आवाजसंगकाे सहकार्यमा २०८१-०६-२० गतेका दिन जिल्ला समन्वय समितिका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु, सेवा प्रवाह गर्ने सरकारी कार्यालय( उद्याेग तथा बाणिज्य कार्यालय, टेलिकम, बिद्युत, कृषि, अस्पताल, जन स्वास्थ्य )प्रमुख तथा प्रतिनिधिहरु, धादिङ उद्याेग वाणिज्य संघ, नेपाल रेडक्रस साेसाईटी, पत्रकार महासंघ,  बैक, बिमा, बित्त तथा सहकारीका प्रतिनिधि, यातायात व्यावसायी, एम्वुलेन्स चालक समाज, महिला मानव अधिकार रक्षकहरु, मानव अधिकार कर्मीहरु, राष्ट्रिय तथा स्थानिय सन्चार कर्मिहरु, गैसस महासंघ धादिङका पदाधिकारी तथा सदस्यहरु, विभिन्न गैससका प्रतिनिधिहरु समेतकाे ६१ जनाकाे सहभागिता रहेकाे थियाे ।

बिजया दशमी, नेपाल सम्वत, शुभ दिपावली एवं छठ पर्वकाे शुभकामना आदान प्रदान तथा चाडपर्व लक्षित सराेकारवालाहरुका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । चाडपर्व लक्षित बिभिन्न सवालहरु उठान हुनुका साथै सम्वन्धित क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुवाट ती सवालहरुकाे वारेमा सम्वाेधन र भावि याेजनाहरुका बारेमा समेत छलफल भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0