धादिङ । धादिङको धुनिवेसी नगरपालिका अन्तर्गत धार्के–सितापाइला सडक आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । धार्के-सितापाईला (धार्के–ठूलोखोला खण्ड) मा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको हो ।
धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विशाल भट्टराईले सूचना जारी गर्दै सडक बन्द भएको जानकारी दिएका हुन् ।
धार्के–सितापाइला सडक अर्को सूचना जारी नहुन्जेलसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको वडाध्यक्षले जारी गरेको सूचनामा उल्लेख छ ।






