मङ्लबार, १ मंसिर २०८३

सुनकाे भाउ हालसम्मकै उच्च , ताेलाकाे १ लाख ६५ हजारमा काराेवार हुँदै

५१ पटक पढिएको
WhatsApp Viber X
१ मिनेट पढाइ
अक्षर:

काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ तोलामा ६०० रुपैयाँ वृद्धि भएको हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ६४ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

साताको पहिलो कारोबार दिन चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँ वृद्धि भएको छ । योसँगै आज चाँदीको भाउ प्रतितोला २ हजार ७५ रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । गत शुक्रबार भने चाँदी १ हजार ९८० रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।