धादिङ :- आज शिखर ईन्स्योरेन्स कम्पनी लि को २० औ वार्षिकोत्सव को अवसरमा धादिङ अस्पतालको परिसरमा बृहत खुल्ला रक्त्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाईटी धादिङको प्रबिधिक सहयोग र लाईन्स क्लब अफ काठमाडौं ब्लड सर्कल र लाईन्स क्लब अफ धादिङ भैरबीको सहकार्यमा उक्त कर्यक्रम सम्पन्न भएको हो ।
बिरामी तथा घाईतेहरुलाई रगतको अभाब नहोस भनि यो कार्यक्रम गरिएको हो । १५ जना महिला र ६० जना पुरुष गरी ७५ जनाले रक्त्तदान गर्नु भयो , पहिलो पटक दिने देखि ५४ पटक सम्म रक्त्त दान गर्नेहरु सहभागी हुनु भयो । पहाडी जिल्लाहरुमा धादिङ रक्त्त सन्कलन गर्ने जिल्लामा पहिलो नम्बरमा पर्ने बताउनु हुन्छ नेपाल रेडक्रस सोसाईटी धादिङका कोषाध्यक्ष नारायण श्रेष्ठ ।






