धादिङ । उत्तरी धादिङका दुर्गम क्षेत्रका खहरे, लपाङखोला, किन्ताङफेदी, दार्खाखोला लगायत स्थानहरूमा रहेको झोलुङ्गे पुललाई विस्थापित गर्दै पक्की पुल र वेली ब्रिज निर्माण गरिएको छ। यी पुलहरू मध्यपहाडी लोकमार्ग र दामन पाख्रिन मार्गको एक मुख्य भागहरु हुन्, जसले देशका विभिन्न क्षेत्रलाई यातायातका माध्यमबाट जोड्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

मध्यपहाडी लोकमार्ग विकास आयोजना, दामन पाख्रिन मार्ग, स्थानिय सरकार लगायतको सहकार्यमा निर्माण गरिएका यी पुलहरूले स्थानीय जनताको दैनिकीमा ठुलो प्रभाव पारेको छ। खासगरी उत्तरी धादिङलार्इ सदरमुकाम धादिङवेसीसग जोड्न र कृषि उपजको बजारसम्म पहुँच, व्यापार-व्यवसायको विस्तार र विद्यार्थीहरूको आवागमनमा सहजता आएको छ।

पुल निर्माणले पहिलेजस्तो जोखिमपूर्ण झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गरेको छ। अब पक्की पुलमार्फत सवारी साधन सहजै सञ्चालन गर्न सकिने भएकाले यो क्षेत्रका जनताको समय र श्रम दुवै बचत भएको छ। साथै, आपतकालीन सेवाहरू जस्तै एम्बुलेन्स र खाद्य सामग्री ढुवानी पनि छिटोछरितो हुने भएको छ।

मध्यपहाडी लोकमार्गको यस खण्डको विकासले उत्तरी धादिङका बासिन्दा मात्र नभई यो मार्ग प्रयोग गर्ने अन्य क्षेत्रका मानिसहरूलाई पनि लाभ पुर्‍याएको छ। स्थानीय निकायका अनुसार निर्माणका क्रममा वातावरणीय र प्राविधिक चुनौती भए पनि विकासका कामहरूलाई समयमै सम्पन्न गरिएको छ।

सडक र पुलहरूको निर्माणले केवल यातायात सुविधा वृद्धि गरेको छैन, यसले स्थानीय क्षेत्रको आर्थिक विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। निर्माणपछि यातायात सेवा सुधार भएकाले यस क्षेत्रका पर्यटन क्षेत्रहरू पनि प्रवर्द्धन हुने संभावना छ।

बिगत पन्चायत कालमा बुद्धिमान तामाङ आफू साम्सद र मन्त्री भएको बेला धादिङ बेसीबाट सेर्तुङ सम्म पुग्ने ठाउँ को प्रायः सबै खोलाहरुमा झोलुंगे पुल निर्माण भएको हो ,हाल जिर्ण भर्इ सकेको झोलुङगे पुलमा पक्की पुल निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0