धादिङ । महिला मानवअधिकार रक्षकहरूकाे पहिचान: महिला हिंसा विरूद्धकाे अभियान
हामी सबैकाे प्रतिबद्धता : लैङ्गिक हिंसाङ अन्त्यको लागि ऐक्यबद्धता भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे अवसरमा आयाेजित जिल्लामा महिला मानव अधिकारकाे अवस्था र चुनाैति विषयक छलफल कार्यक्रम सम्पन्न भयाे ।
महिला मानव अधिकार रक्षक सञ्जाल धादिङका अध्यक्ष गायत्री खतिवडाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका उपमेयर दिपक विश्वकर्मा काे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रमलाई सम्वाेधन गर्दै नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले “आज विश्वमा मरितुल्य जीवन विताइरहेका विरूद्ध ऐक्यबद्धता जनाउने दिन हाे आगामी दिनमा आफ्नाे नगरपालिकाले महिला हिंसा विरूद्धकाे लागि राताे किताबमै कार्यक्रमकाे रूपमा राखिनेछाै” भन्नुभयाे ।
महिला हिंसा हुने स्थानीय तह मध्ये नीलकण्ठ नगरपालिकाकाे वडा नम्बर ३ अधिक रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहिले वताउनु भयाे।
कार्यक्रममा महिला अभियन्ता राधिका सापकोटाले महिला मानवअधिकारकाे अबस्था र चुनाैतिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएकाे थियाे ।
महिला हिंसाका घटना मध्ये बढी हिंसामा पर्ने भनेकाे अपाङ्गता भएका महिला त्यसमा पनि बाैद्धिक अपाङ्गता भएका महिला बढी मारमा परेका छन यसमा ३ तहका सरकारले यस प्रती ध्यान दिन आबश्यक देखिन्छ ।






