धादिङ ।
आज मंसिर कृष्ण चतुर्दशीका अर्थात बाला चतुर्दशी।
काठमान्डाैमा रहेकाे पशुपतिनाथ लगायत देशभरका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ ।
नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचर्तुदशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ ।
बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिने गरिएको छ ।
यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । सुरुमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेको गणेशमन्दिर नजिक आइपुगेपछि मूर्तिलाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्ने प्रचलन अर्को विशिष्टता हो ।
बोलीचालीको भाषामा शतबीउ छर्ने भनिने शतबीजरोपणले पितृको उद्धार हुन्छ भन्नेजनविश्वास छ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा छ। यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस पितृउद्धारको उद्देश्यले पशुपति आउने गर्छन्।
यसै गरि आज धादिङकाे नीलकण्ठ नगरपालिका वडा नं १२ मा अवस्थित पशुपति मन्दिरमा पनि विशेष मेला लाग्ने परम्परा छ । धादिङवेसी आसपासका स्थानिय लगायतहरू आजवेलुकि देखि नै दिप प्रज्वलन गरि मन्दिर परिसरमा वस्ने र भाेलि विहान उज्यालाे नहुदै सदविज छरेर पितृ उद्वारकाे कामना सहित पुजापाठ गर्ने गरिन्छ ।






