धादिङ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वृहत राष्ट्रव्यापी सदस्यता अभियान सुरु भएको छ। “एक सङ्कल्प राष्ट्रका लागि” भन्ने मूल ध्येयका साथ मंसिर १५ देखि ३० गते सम्म अभियान चल्नेछ।

करिब ३ दशक अगाडि स्थापना भएको विद्यार्थी परिषदले हरेक वर्ष आफ्नो सदस्यता अभियान संचालन गर्दै आएको छ। देशव्यापी रुपमा सुरु भएको सदस्यता अभियान धादिङ्गमा पनि सुरु गरिएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालका कार्यकर्ता नारायण कुमार श्रेष्ठले बताए।

शिक्षा क्षेत्रलाई दलीय राजनीतिक मुक्त क्षेत्र बनाउन, विद्यार्थीमा समग्र विकासका लागि आवश्यक विविध रचनात्मक तथा सकारात्मक गतिविधिमा जोड्न, राष्ट्र प्रथम भावको विचारसँग आवद्ध रहन र विद्यार्थी शक्तिलाई राष्ट्र शक्तिको रूपमा विकास गर्न यस अभियान संचालन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0