- धादिङ बेसी । २०८१ साल असोज ९,१०,११,र १२ गते सम्म नेपालमा देशै भरी भारी वर्षा भयो ,त्यसमा पनि काठमाडौ भ्याली ,धादिङ ,काभ्रे ,सिन्धुपाल्चोक जिल्ला बढी प्रभावित भयो र ठूलो धनजनको क्षेती भयो ,धेरै ठाउँमा बाढी पैरो गयो सडकहरु अबरुद्ध भयो ,राजधानी काठमाडौ जाने बाटो देखि लिएर धेरै ठाउँमा क्षेती भयो , त्यस्तै गरि मलेखुबाट धादिङ सम्म असोज १२ गते धेरै पहिरोहरु गयो ,नीलकण्ठ न पा ८ को दारेगौडा,कमेरे आसपास ,र बजार नजिक साघुटारमा ठूलो पहिरो गएर बाटो अबरुद्ध भयो । हाल वर्षा रोकिएको साढे दुई महिना भयो तर सडक सफा गर्ने र मर्मत नहुदा धुलो र दुर्घटनाको जोखिम बढेको छ । सडक बिभागमा काम गर्ने कर्मचारी सङ बुझ्दा प्रक्रिया अगाडि बढेको जवाफ पाईयो तर काम भएको छैन ,बजारको मुखमा यस्तो सडक हुँदा पनि सरोकारवाला निकाए भने बेखबर जस्तो देखिन्छ । नगर पालिका र सडक बिभागले तत्काल ध्यान दिन जरुरी भएको स्थानिय हरु बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






