धादिङ । नेपाल मानव अधिकार संगठन धादिङले ७६ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपालमा मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

धादिङवेसीको पुच्छार वजारमा रहेको जनस्वास्थ्य तथा प्राविधिक  अध्ययन  स्कुल )मा ( H.A क्याम्पस ) कार्यक्रममा नेपाल मानव अधिकार संगठन धादिङका सभापति अधिवक्ता कृष्णराज अधिकारीले सहजिकरण गर्नुभएको थियो ।

जन स्वास्थ्य तथा प्राबिधिक स्कुलका पृन्सिपल  सिताराम वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल मानव अधिकार संगठन धादिङका कोषाध्यक्ष कृष्ण वद्री पौडेल सदस्य बालकृष्ण नेपाली लगायतको आतिथ्याता रहेको थियो ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ।

हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0