धादिङ । स्वावलम्वी बहिरा विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएकाे छ ।
लायन्स क्लब अफ धादिङ भैरवी , सितल छहारी नेपाल धादिङ र जर्मनी संस्था coin काे संयुक्त आयाेजनामा बिशेषज्ञ डाक्टर सहितकाे टाेलिद्वारा स्वास्थ्य परिक्षण गरेकाे थियाे ।
स्वावलम्वी आधारभुत वहिरा विद्यालयमा अध्यान्नरत वालवालिका तथा स्थानिय वासिन्दाहरू गरि ४५ जनाकाे स्वास्थ्य परिक्षण गर्नुका साथै निशुल्क अौषधि समेत वितरण गरेकाे थियाे ।
स्वास्थ्य परीक्षणमा सहभागी ब्यक्तिहरुको सुगर, प्रेसर, चेकजाँच गरी विशेषज्ञ डाक्टर मार्फत आवश्यक परामर्श दिइएको थियो ।
कार्यक्रममा धादिङ अस्पतालका विशेषज्ञ चिकित्सक डा. रामचन्द्र रिजाल, डा. सुनिल डङ्गाेल, डा. प्रियजन पाण्डेको नेतृत्वमा स्वास्थ्यकर्मी कृष्ण बद्री पाैडेल लगायतकाे टिमले विरामीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको हो ।






