धादिङ । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन सडक खण्डआजदेखी १३ गते शनिवारसम्म दैनिक तीन घण्टा बन्द हुने भएको छ।

सडक आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका अनुसार नौबिसे–मुग्लिन खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटी मोड सुधार गर्ने कामका लागि आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सात दिन गाडी आंशिक रूपमा रोकी सडक निर्माणको काम हुने जनाईएको छ।

यस अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका बाहेक गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

पोखरेभीरको मोड सुधारका लागि यस अवधिमा नौबिसेबाट गजुरी छिर्ने ठूला गाडीलाई गल्छी–बैरेनी र हलुका गाडीलाई जरेखेतमा रोकिनेछ ।

मलेखुतर्फबाट नौबिसे छिर्ने ठूला गाडीलाई चालिसे र हलुका गाडीलाई घाटबेँसीमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0