धादिङ । धादिङ अस्पताल धादिङकाे व्यवस्थापन समिति अध्यक्षमा राधिका सापकाेटा मनाेनित हुनुभएकाे छ ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयकाे मन्त्री स्तरिय निर्णयद्वारा सापकाेटालाई अध्यक्षमा मनाेनित गरिएकाे हाे ।

मिति २०८१/०९/०७ को निर्णयानुसार “प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को पहिलो संसोधन २०८१ को दफा २६ ख. उपदफा २ को काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्न दफा २६क. उपदफा (१) बमोजिमको पदावधि कायम हुने गरि दफा २६क. उपदफा (२) बमोजिम श्री धादिङ्ग अस्पताल, धादिङ्गको संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनित गरिएको व्याेहाेरा सहितकाे पत्र प्राप्त भएकाे नवनियुक्त अध्यक्ष सापकाेटाले वताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0