धादिङ, पुस १४ – कारागार कार्यालय, धादिङको महिला बन्दी गृहमा रहेका ८ वर्षीय बालकलाई संरक्षणको जिम्मा श्री पीडित सेवा संघलाई प्रदान गरिएको छ। बालकले पारिवारिक कारणले जन्मदर्ता गराउन नसकेको र महिला बन्दी गृहमा बस्दै आएका कारण पठनपाठनलगायतका सुविधा प्राप्त गर्न सकेका थिएनन्।

जिल्ला प्रशासन कार्यालय, धादिङले बालकको उज्जवल भविष्यका लागि विशेष पहल गरेको हो। राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरणमा आजबाट बालकलाई पीडित सेवा संघको संरक्षणमा राख्ने निर्णय भएको छ।

कारागार र जिल्ला प्रशासनको प्रयासमा बालकलाई आधारभूत शिक्षा, संरक्षण, र अन्य आवश्यक सेवाहरू उपलब्ध गराउने वातावरण सिर्जना गरिएको जिल्ला प्रशासन कार्यालय, धादिङले जानकारी दिएको छ।

बाल अधिकारको प्रत्याभूति गर्न र बालकलाई समाजमा पुनःस्थापना गर्ने उद्देश्यले यो कदम चालेको प्रशासनले जनाएको छ। संरक्षणमा रहेका बालकलाई उचित स्याहार र पठनपाठनको व्यवस्था गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0