इश्वर थापा मगर
धादिङ

नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको आजबाट सुरु भएको छ। कार्यक्रमको उद्घाटन नगर प्रमुख भीम प्रसाद ढुंगानाले पानसमा बत्ति बालेर गर्नुभएको थियो ।उद्घाटन सत्र अघि धादिङबेसी स्थित पुछारबजारबाट र्‍याली निकालिएको थियो ।प्रतियोगिताको पहिलो दिन आज छात्र÷छात्राको भलिबल,कबड्डी,रिले दौड सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख भीमप्रसाद ढुंगानाले नगरपालिकाले शिक्षा र खेलकुदलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्य उद्घाटन सत्रमा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू नीलकण्ठ नगरपालिकाका वडा अध्यक्षज्यूहरू नेपाल पत्रकार महासंघ धादिङका सभापति सीताराम अधिकारी गैरसरकारी संस्था महासङ्घ धादिङका अध्यक्ष शालिग्राम दुवाडी जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङ लगायतको आतिथ्यता रहेको थियो।

आजदेखी सुरु भएको प्रतियोगिता २० गते सम्म सन्चालन हुने छ ।नगर स्तरीय राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिताको खेलहरु जिल्ला स्थित ४ स्थानमा खेलाईने छ ।आज समुह चरणको खेलहरु सुरु भएको छन् । बाँकि खेल भोली बिहानबाट खेलाईने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0