नेपाली काँग्रेस वागमती प्रदेशका प्रमुख सचेतक मा. गाेविन्द लम्सालसंगको बिशेष कुराकानीको केही अंश ।
धादिङ । प्रादेशिक संरचना बिना सङ्घीयताको परिकल्पना गर्न नसकिने बागमती प्रदेशका सांसद गोविन्द लम्सालले बताउनुभयो। त्रिकोणखबर डट कमसँग कुराकानी गर्दै लम्सालले प्रदेश भए पछाडि मात्रै संघीयता हुने र संघीय सरकार र स्थानीय सरकार भएकोले प्रदेशबिना संघीयताको परिकल्पनासम्म गर्न नसकिने सांसद गोविन्द लम्सालले बताउनुभयो।
सोधिएको एक प्रश्नमा सङ्घीय सरकारले ठूलाठूला योजनाका कार्यक्रमहरू बनाउने प्रदेश सरकारले विकासका मोडालिटी तयार गर्ने र स्थानीय सरकारले कार्यान्वयन गर्ने गर्ने भएकाले यसरी नै सङ्घीय सरकार प्रदेश सरकार र स्थानीय तहको समन्वयकारी भूमिका रहनुपर्ने बताउनुभयो। तिनै तहका सरकारहरूबीचको समन्वयकारी भूमिकाका लागि संघीय सरकारले विशेष भूमिका खेल्नुपर्ने र त्यसको कार्यान्वयनको लागि प्रदेश सरकार र स्थानीय तह लाग्नुपर्ने लम्सालले बताउनुभयो।
परिस्थितिको कारणले धादिङमा कांग्रेसले गठबन्धन गर्नुपरेको र कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्यहरू एकजुट भएर लाग्ने हो भने कांग्रेस एक्लै चुनाव लड्न सक्ने सांसद लम्सालले बताउनुभयो। क्रियाशील सदस्यता लिने तर कांग्रेसकै उम्मेदवारलाई सहयोग नगर्ने कांग्रेसी हरुका कारण कांग्रेस हार्न पुग्नुपर्ने अवस्था सिर्जना हुने बताउनुभयो निर्वाचनको बेला कांग्रेसलाई हराउने भनेकै कांग्रेसले हो भन्दै उहाँले एकजुट भए कांग्रेसको विकल्प नभएको पनि लम्सालले बताउनुभयो।
धादिङको विकासको निमित्त यहाँले के गर्नुभयो भन्ने प्रश्नमा सांसद लम्सालले जनताले दुःख पाइरहने नेताले गाली खाइरहने र बिचौलियाले मस्ती गरिरहने यो प्रवृत्ति रहेसम्म विकास हुन सम्भव नरहेको बताउनुभयो। आफूले धादिङको विकासको लागि साङ्कोष तिप्लिङ सडकलाई धादिङको विकासमामुख्य मेरुदण्डको रुपमा लिँदै अघि बढेको बताउनुभयो। छिटो र छरितो काठमाडौँ यात्राको लागि धादिङबेसी सुनौला बजार फोसरेटार सडकलाई बहुवर्षीय योजनामा राखेको पनि बताउनुभयो।
ज्वालामुखीमा टेन्डर भएको सडक सिद्धालेकमा बन्यो नि यसमा कसको जिम्मेवारी छ ? भन्ने प्रश्नमा सांसद लम्सालले अरुको दुःखमा मस्ती गर्ने बिचौलियाका कारणले यस्तो हुन गएको र यसको छानबिनको प्रक्रियामा रहेको पनि बताउनुभयो।






