इश्वर थापा मगर
धादिङ ।
आज राति अत्याधिक मात्रामा भूपत उल्का वर्षा हुने नासोले जनाएको छ। सन् २०२४ को पहिलो उल्का वर्षा पुस १९ र २० गते २०८१ मा भएको थियो।
भूपत उल्का वर्षा स्थानीय समयअनुसार पुष १९ गते दिउँसैदेखि अत्याधिक मात्रामा सक्रिय भएपनि राति ११ बजेदेखि भोलि अर्थात् बिहान पुस २० गते सूर्योदय भन्दा अगाडिसम्म हेर्न सकिने नासोले जनाएको छ
अत्याधिक उल्का वर्षाको समयमा नाङ्गो आँखाले आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्नेछ अत्याधिक उल्का वर्षाको समयमा प्रति घण्टा ५ देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान गरिएको छ ।उल्का वर्षा हुँदा आगोका झिल्का जस्तै मध्यम गतिमा उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरू र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोकिएर जल्दा उल्का वर्षा हुने गर्दछ । उल्का वर्षालाई नेपाली जनजीब्रोमा तारा खसेको वा तारा पहिला गएको भन्ने पनि चलन छ।






