धादिङ – तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा धादिङका म्हेन्दोमाया कलाकार संघका संस्थापक अध्यक्ष तथा सर्जक सन्दिप स्याम्चेन तामाङ र गायिका सन्जु लामाको प्रस्तुतिमा नयाँ गीत ल्होछार खजी-२” सार्वजनिक भएको छ।

डेढ दशकदेखि तामाङ समुदाय र नेपाली गीत-संगीतमा निरन्तर योगदान दिँदै आएका गायक सन्दिप स्याम्चेनले यसअघि “पोर ल्होछार जात्रा” गीत ल्याएका थिए। यस पटक भने उनले ल्होछार पर्वको मौलिकता र सांस्कृतिक महत्त्वलाई समेट्दै “ल्होछार खजी-२” बजारमा ल्याएका हुन्।

गीतको शब्द रचना स्वयं सन्दिप स्याम्चेनले गरेका छन् भने लय शैलाप वाइबाले तयार पारेका छन्। गीतमा सन्दिप स्याम्चेन, सन्जु लामा, किर्ती तामाङ र सीता लामाको आवाज सुन्न सकिन्छ। राजु खड्काको संगीत संयोजन रहेको यस गीतले तामाङ समुदायको मौलिक भेषभूषा र परम्परालाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ।

गीतको म्युजिक भिडियोमा निर्देशन र मुख्य अभिनय सिङ्गा तामाङले गरेका छन्। साथमा रमेश तामाङ, मनिशा तामाङ, मुस्कान तामाङ, पासाङ तामाङ र स्विकार तामाङले जीवन्त अभिनय प्रस्तुत गरेका छन्। छायांकन उमेश शाहले गरेका छन् भने सम्पादन रोशन फ्युबाले ल्हाप्साङकर्पो म्युजिक सेन्टरमार्फत गरेका छन्।

गीतमा तामाङ समुदायको महान पर्व सोनाम ल्होछार कसरी मनाइन्छ भन्ने विषयलाई शब्द र दृश्यमार्फत प्रस्तुत गरिएको छ। गायक सन्दिप स्याम्चेनले पछिल्लो समय तामाङ गीत-संगीतमा देखापरेको छाडापनप्रति सचेत रहँदै, मौलिकता र सांस्कृतिक सम्पदाको जर्गेना गर्न विशेष ध्यान दिएका छन्।

सोनाम ल्होछारलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतलाई माया गरेर सुझाव र प्रतिक्रिया दिनुहुन सर्जक सन्दिप स्याम्चेनले सबैमा अपिल गरेका छन्।

ल्होछार खजी-२ ले तामाङ समुदायको सांस्कृतिक पहिचान र पर्वको उल्लासलाई जगेर्ना गर्दै सबैको मन जित्ने विश्वास गरिएको छ।

लिङकमा जान यहाँ जानुहोस् । …………………

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0