धादिङ । हाम्रो संस्कृति हाम्रो पहिचान आन्तरिक पर्यटन प्रवद्धन धुवाकोटको अभियान भन्ने मुल नाराका साथ नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाकोटमा मकर संक्रान्ति बृहत सांस्कृतिक कार्यक्रम माघ १ गते माघे संक्रान्तिको दिन हुने भएको छ।

संस्कृति संरक्षण तथा पर्यटन प्रवद्धन केन्द्रको आयोजनामा माघी पर्वको अवसर पारी गोरु जुधाई कृर्षि तथा हस्तकला प्रर्दशनी हुने भएको धुवाकोटबाट सन्तोष बस्ताकोटीले जानकारी दिनुभयो ।

यस्ता मेला महोत्सव र कार्यक्रमहरूले कला र संस्कृति जगेर्नाको निमित्त महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले आफूहरूले मागी पर्वको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको बस्ताकोटीले बताउनुभयो ।

गोरु जुधाई कृर्षि तथा हस्तकला प्रर्दशनी र साँस्कृतिक कार्यक्रममा चर्चित लोकदोहोरी गायक गायिकाहरू कृष क्षेत्री, जुना एसडी, खुस्बु सुनार लगायतका चर्चित कलाकारहरूले प्रस्तुति दिने आयोजकले बताएको छ। कार्यक्रमको मुख्य आकर्षणको रुपमा गोरु जुदाई र हस्तकला प्रर्दशनी मुख्य आर्कषण रहने आयोजकले जनाएको छ।

स्थानीय संस्कृति संरक्षण तथा पर्यटन प्रवद्धन केन्द्र नीलकण्ठ नगरपालिका १४ धुवाकोटले आयोजना गर्ने कार्यक्रममा नीलकण्ठ नगरपालिकाको विशेष सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0