धादिङ । धादिङ लोक सास्कृतिक महोत्सबमा आज माघ १४ गते साेमबार गायक खुमन अधिकारी,सिताराम परियार, प्रदिप वराईली, प्रकाश विनायक लगायतकाे प्रस्तुति रहने छ । त्यसै गरि गायिका प्रतिमा अर्याल, गायिका तथा डान्सर ऋतु तामाङ , कमला थापा गैरेकाे प्रस्तुति रहने छ ।
साथै जिल्ला स्तरीय लोकदोहोरी प्रतियोगिता र स्थानिय प्रतिभाहरुको बिशेष प्रस्तुति रहनेछ ।
“लाेक संस्कृति प्रवद्वनकाे सार , पहिचान पर्यटन र सम्वृद्विकाे आधार” भन्ने मुल नाराकाे साथ गत माघ १० गतेबाट सुरु भएको धादिङ लोक सास्कृतिक महोत्सब माघ २० गते सम्म संचालन हुनेछ ।






