गर्भे बहादुर मिजार
धादिङ, २०८१ माघ १६
“गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाकाे पुर्वाधार” भन्ने मुल नाराका साथ नेपाल शिक्षक संघ स्थानीय नीलकण्ठ कार्यसमितिकाे छैटाै प्रतिनिभि सभा तथा प्रशिक्षण कार्यक्रम नीलकण्ठ बालमन्दिर मा वि मा सम्पन्न भएकाे छ ।
उक्त कार्यक्रमकाे अध्यक्षमा विष्णुप्रसाद रिजाल, प्रमुख अतिथिमा नेपाल शिक्षक संघ बागमती प्रदेशका अध्यक्ष दिपक सिंखडा, विशेष अतिथिहरूमा संघीय सदस्य भवानी तिमल्सिना,ने शि संघ जिल्ला सह सचिव नवराज सापकोटा र टाेपबहाखुर गुरूङ , देउराली मा वि का प्रधानाध्यापक राेहिणी प्रसाद काेइराला र अतिथिहरूमा नीलकण्ठ बालमन्दिर मा वि का प्रधानाध्यापक धुर्व अधिकारी, नीलकण्ठ नगरपालिका भित्रका विद्यालयका शिक्षक संघ संग अावद्ध शिक्षकहरूकाे उपस्थिति रहेकाे थियाे । यस कार्यक्रममा राेहिणी प्रसाद काेइरालाले उपस्थित शिक्षकहरूलाई प्रशिक्षण गर्नु भएकाे थियाे ।
नीलकण्ठ नगरपालिका भित्रका विद्यालयहरूबाट निवृद्ध हुनु भएका नीलकण्ठ बालमन्दिर मा वि का शिक्षक शिव रेग्मी, सरस्वती श्रेष्ठ लगायत अन्य शिक्षक ज्युहरूलाई सम्मान गरिएकाे थियाे भने नगर भित्रमा संयाेजन भई अाउने नव अागन्तुक शिक्षकहरूलाई पनि स्वागत तथा सम्मान गरिएको थियाे ।
चण्डेश्वरी मा वि नीलकण्ठ -९ का शिक्षक कृष्ण बहादुर गुरूङ र चण्डेश्वरी अा वि नीलकण्ठ- १० कि शिक्षिका शाेभा गिरीले अन्य शिक्षक संगठन परित्याग गरि नेपाल शिक्षक संघमा प्रवेश गरेका हुन ।
छैटौं प्रतिनिधि सभामा स्थानीय कार्यसमितिका सचिव कृष्ण कुमार श्रेष्ठले साङ्गठनिक प्रतिवेदन र अर्थसचिव प्रकाश श्रेष्ठले अार्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेशका अध्यक्ष दिपक सिंखडाले सरकारले शिक्षककाे हितका लागि गरेका पूर्व सहमतिलाई कार्यान्वयन नगरेमा फेरि पनि हामी अान्दोलनमा उत्रन पर्ने अवस्था अाएकाे छ यसका लागि हामी पछि हट्न नहुने बताए । त्यसै गरि नीलकण्ठ नगरपालिकाले शिक्षकहरूका लागि १० बजेर १ मिनेट जादा पनि त्यसकाे तालिका सामाजिक सञ्जालमा प्रसारण गरेकाेमा हामीलाई छुट्टै दर्जाको रूपमा हेरिरहेको भवानी तिमल्सिनाले बताइन ।
उक्त कार्यक्रमकाे उद्घाेषक कृष्ण कुमार श्रेष्ठले गरेका थिए भने समापनमा अध्यक्ष विष्णु प्रसाद रिजालले गरेका थिए । नेपाल शिक्षक संघकाे जिल्ला भेला अागामी फागुन ३ गते हुनेछ ।






