कृष्ण बद्री पौडेल
धादिङ

नेपाल निजामती कर्मचारी युनियन जिल्ला समिति धादिङको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। प्रजातन्त्रमा आस्थावान नेपाली कांग्रेस  को शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियन जिल्ला समिति धादिङको नवौं जिल्ला अधिवेशन धादिङबेसीमा शनिबार सम्पन्न भएको छ।

नवौं अधिवेशनले सुजन श्रेष्ठको अध्यक्षतामा १८ सदस्य जिल्ला कार्य समिति चयन गरेको छ। नेपाल निजामती कर्मचारी युनियन जिल्ला समिति धादिङको नवनिर्वाचित पदाधिकारीहरूको विवरण यस प्रकार रहेको छ।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला समिति धादिङका अध्यक्ष प्रकाश सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति तथा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख अतिथ्यता रहेको थियो। गङ्गा जमुना गाउ पालिकाको अध्यक्ष भक्त्त लामा , प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे ,  केन्द्रीय महासचिव जनक रावल , उपमहासचिव गणेश भन्डारी,  सचिव भुपेन्द्र अधिकारी , पार्टि सचिव बिकास श्रेष्ठ , केन्द्रीय   सदस्यहरु दिपेन्द्र गिरी,ग्यानेन्द्र भट्ट, बिनोद अधिकारी, नगर पालिका सङ्घको सल्लाहार सरोज अधिकारी , महिला सङ्घको अध्यक्ष अ्म्बिका अधिकारी, नेपाल  निजामती कर्मचारी युनियनका नि बर्तमान केन्द्रीय  सदस्य  कृष्ण बद्री पौडेल , बालकृष्ण नेपाली , पुर्ब अध्यक्ष राममणि मिश्र  लगाएतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0