कृष्ण बद्री पौडेल  :- धादिङ लोक सांस्कृतिक महोत्सव २०८१ माघ १० गते देखि आज २२ गते सम्मको १३ दिनमा सहिद मेमोरियल अस्पताल धादिङ प्रा.लि. द्वारा संचालन गरिएको नि: शुल्क स्वास्थ्य परीक्षण तथा नि: शुल्क औषधि बितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

यस कार्यक्रममा जम्मा ४८२ जनाले सेवा प्राप्त गरेका छन्, जसमा २४७ पुरुष र २३५ महिला परीक्षण तथा औषधि प्राप्त गर्न पुगेका अस्पतालका अ हे ब कृष्ण श्रेष्ठले जानकारी दिनुभयाे । यो कार्यक्रमले स्थानीय समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्दै स्वास्थ्य जागरूकता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। अस्पताल प्रशासनले यस्ता कार्यक्रमहरू भविष्यमा पनि जारी राख्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0