ईश्वर थापा मगर
धादिङ, २४ माघ
धादिङ उद्योग वाणिज्य संघ को ३१ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनबाट निर्वाचित कार्यसमितिले आज देखि पदबहाली गरेका छन्।
बिहिबार धादिङबेसीमा आयोजित एक कार्यक्रममा धादिङ उद्योग वाणिज्य संघको अध्यक्षको रुपमा राजकुमार श्रेष्ठले पदभार ग्रहण गरेका हुन्। श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए। उद्योग वाणिज्य संघको विधानको व्यस्था अनुसार अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष आगमी कार्यकालमा स्वतःअध्यक्ष हुने व्यवस्था छ।
संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी तथा अन्य ४ जना उपाध्यक्षहरुले समेत आजदेखि पदभार ग्रहण गरेका हुन् । नवनिर्वाचित समिति सदस्यहरु तथा पदाधिकारीहरुले पनि आजै सपथ तथा पदभार ग्रहण गरेका थिए। संघको विधान अनुसार जिल्ला नगर, वस्तुगत र एशोसिएट्स समूहमा एक ,एक जना उपाध्यक्ष हुन्छन्। ती समूहमा रहेका मतदाताले आफ्नो समूहको एक जना उपाध्यक्ष चयन गर्छन्।
सबै समूहमा रहेका मतदाताहरूको संयुक्त भोटिङबाट वरिष्ठ उपाध्यक्ष चयन हुने व्यवस्था छ। यसै गरी विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत अध्यक्ष हुन्छन्। संघको कार्यकारीणी समितिमा निर्तमान अध्यक्ष पदेन सदस्यको रूपमा हुने व्यावस्था विधानमा रहेको धादिङ उधोग बाणिज्य संघ धादिङका बरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले बताउनुभयो ।






