ईश्वर थापा मगर
धादिङ , २९ माघ २०८१

त्रिपुरासुन्दरी गाउँपालिकाले अनाधिकृत तथा पोकाजन्य व्यापारलाई निषेध गरिएको छ । मंगलबार गाउँपालिकाको कार्यालयले सुचना जारी गर्दै गाउँपालिकामा भरिया, साइकल, मोटरसाइकल तथा साना गाडीमा राखी व्यापारीहरुले बजार क्षेत्र तथा अन्य ग्रामीण क्षेत्रमा म्याद गुज्रेका खाद्य तथा पेय पदार्थहरु, कर छलि गरिएका मालसमान तथा लत्ताकपडाहरु आदि विक्रि वितरण गर्न रोक लगाएको हो ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी मार्फत जारी सुचनामा गाउँपालिकामा प्रवेश हुने मुख्य नाकाहरु टारीवेशी सडकखण्ड, आरुघाट सडकखण्ड लगायत अन्य नाकाहरुवाट भरिया, साइकल, मोटरसाइकल तथा साना गाडीमा राखी व्यापारीहरुले बजार क्षेत्र तथा अन्य ग्रामीण क्षेत्रमा म्याद गुज्रेका खाद्य तथा पेय पदार्थहरु, कर छलि गरिएका मालसमान तथा लत्ताकपडाहरु आदि विक्रि वितरण गरेको प्रति कार्यालयमा प्राप्त गुनासोमा कार्यालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँपालिकाले त्यस प्रकारको अखाद्य तथा गैर कानुनी मालसमान तथा लत्ताकपडाको निर्वाद विक्रि वितरणले जनस्वास्थ्यमा प्रतिकुल प्रभाव गर्नुका साथै सरकारको राजस्व क्षमतामा समेत असर परेको तर्फ कार्यालय सचेत रहेको विषय जानकारी गराउँदै त्यस्ता मालसमान तथा लत्ताकपडा आदिको उपभोग नगर्नुहुन सबैमा अनुरोध गरेको छ ।

साथै, उक्त सुचनामा गाउँपालिका क्षेत्रमा अनाधिकृत तथा पोकाजन्य व्यापारीहरुलाई निषेध गरिएको व्यहोरा जानकारी गराउँदै त्यस्ता कारोबार भएको पाइएमा नजिकैको प्रहरी कार्यालय वा यस कार्यालयमा जानकारी गराइ आवश्यक सहयोग तथा समन्वयको लागि समेत अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0