ईश्वर थापा मगर
धादिङ
भैरवी बचत तथा ऋण सहकारी संस्था लिकाे २४ औ स्थापना दिवस भव्य कार्यक्रमको साथ सम्पन्न भएको छ ।  ‘उज्जवल भविश्यकाे लागि बचत गर्ने वानी बसालौ’ भन्ने मुल नाराका साथ २०५७ सालमा स्थापना भएकाे भैरवी सहकारी धादिङबेसीमा सञ्चालनमा रहेकाे छ ।

कुल एक सय ५५ जना संस्थापक सदस्य रहेको भैरवी सहकारीमा हाल २७ सय भन्दा वढी शेयर सदस्य रहेको छ । सहकारीले शेयर सदस्य लक्षित बिभिन्न सेवाहरु प्रदान गर्दै आएको सहकारीका प्रमुख व्यवस्थापक निमेश श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा भैरवी सहकारीकाे प्रगती लाेभलाग्दाे रहेकाे र यस सहकारीवाट अन्य सहकारीले पनि सिक्नु जरूरी रहेको प्रमुख अतिथि नवराज शर्माले वताउनुभयो । सहकारी कर्मि भन्ने वितिकै ठग हुन भन्ने जुन भास्य वनाईएकाे छ यो अवस्थालाई चिर्दै जानुपर्ने अहिलेकाे आवश्यकता रहेको शर्माले बताउनुभयो ।

हाल भैरवी सहकारीले धादिङवेसी सदरमुकाममा आफ्नै भवनवाट सेवा प्रदान गर्दै आएको छ । आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाहमा कुनै कमि हुन नदिन डिजिटल प्रविधिलाई अधिकतम प्रयोगमा ल्याईएको संस्थाका सचिव राजकुमार श्रेष्ठले वताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0